पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना संक्रमणको रोकथाम, निदान नियन्त्रण र उपचारका लागि प्रदेशका स्वास्थ्य सम्बद्ध संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री गुरुङले बैठकमा जिल्ला स्वास्थ्य कार्यालय, प्रमुखहरु, जिल्ला अस्पतालका मेसुहरु, जिल्ला आयुर्वेद अस्पतालका प्रमुखहरु र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशकहरुलाई स्वास्थ्य मन्त्रालयको तर्फबाट निम्नानुसारको बजेट उपलब्ध र निर्णयबारे जानकारी समेत गराएका छन् ।

– निर्णयहरु निम्नानुसारका छन् !
१ औषधी खरिदका लागि सबै ११ जिल्ला स्वास्थ्य कार्यालयहरुलाई ५/५ लाख रुपैयाँ ।
२ अक्सिजन फिलिङ र ढुवानीका लागि जिल्ला अस्पतालहरुलाई ५/५ लाख रुपैयाँ ।
३ कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक र कर्मचारीलाई खाजा खुवाउन जिल्ला अस्पतालहरुलाई ५/५ लाख रुपैयाँ ।
४ डिसिसिएमसीहरुलाई कोभिड व्यवस्थापनका लागि थप २/२ लाख रुपैयाँ ।
५ जनचेतना वृद्धि र खोज अनुसन्धानका लागि जिल्ला आयुर्वेद औषधालयहरुलाई २/२ लाख रुपैयाँ ।
६ गाउँगाउँमा एन्टिजेन परीक्षण दायरा बढाउने ।
७ समयमा कोभिड परीक्षणका लागि कर्मचारीहरुलाई प्रेरित गर्ने, मनोबल उच्च बनाउने र टिम बनाएर गाउँगाउँ खटाउने ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन