काठमाडौँ । चीनको सिछुवान प्रान्तका दुई संस्थाले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सो प्रान्तको अन्तर्राष्ट्रिय जनमैत्री संघ तथा छन्तु एआइडिआइ आँखा अस्पतालले एक लाख मास्क र एक हजार पिपिइ छन्तुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलाई शुक्रबार हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रमा महावाणिज्यदूत घिमिरेले कोभिड–१९ को महामारीविरुद्ध लड्न सहयोग पुग्ने सामग्री उपलब्ध गराएकामा धन्यवाद दिँदै भर्खर स्थापना भएको नेपाली नियोगले दुबै देशबीचको स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप प्रवद्र्धन गर्ने विश्वास दिलाए। यस्ता सहयोग आदान प्रदान कार्यले दुवै देशबीचको सम्वन्ध जनस्तरमा समेत सुदृढीकरणमा थप योगदान पुग्ने उनको भनाइ थियो ।
अस्पतालकी प्रमुख कार्यकारी अधिकृत चाङ् यौले आँखा उपचारको क्षेत्रमा अस्पतालले नेपालमा कैयौँ परियोजना सञ्चालन गरेको जानकारी दिँदै अनुदानमा दिइएका सामग्री कोरोनाविरुद्धको लडाईँमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा जनमैत्री संघका महासचिव सियाङ छियोङह्वा, वाणिज्यदूत रीचा भट्टराई, छन्तु नगरपालिका स्वास्थ्य परिषद्की शन तान तथा अस्पतालका अन्य पदाधिकारीको सहभागीता रहेको महावाणिज्यदूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो