काठमाण्डौ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको उपचारका लागि लागेको खर्च बिएण्डसी मेडिकल कलेजले प्रदान गर्ने भएको छ ।
मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचाररत् थापाको उपचार खर्च जुटाउन आर्थिक सहयोग आह्वान गरिएपछि बिएन्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले शनिबार एक विज्ञप्ति जारी गर्दै थापाको उपचारमा लागेको सबै खर्च प्रदान गर्ने जनाएका हुन् ।
“नेपालमा गणतन्त्र स्थापनामा लाग्नुभएका एक असल सामाजिक अभियन्ता उपचारमा रहनुभएको र उहाँको उपचारमा सहयोग संकलनको आह्वान भएको समाचार आएकाले ‘बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल’को सामाजिक उत्तरदायित्व र मूल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनैपनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस् भन्ने रहेकाले उहाँको सम्पूर्ण उपचार खर्च प्रदान गर्ने भएका हौं। “विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते