निषेधाज्ञामा पनि किन बढिरहेको छ जलविद्युत कम्पनीको सेयर ?

निषेधाज्ञामा पनि किन बढिरहेको छ जलविद्युत कम्पनीको सेयर ?

Tanahu-hydro

फाइल फोटो

पोखरा ।  नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमणको फैलावटलाई चेन ब्रेक गर्न सरकारले निषेधाज्ञा लगाएको पनि झन्डै तीन साता भइसक्यो । देशका अधिकांश उद्योग व्यवसाय अहिले बन्द छ । आर्थिक गतिविधि चलायमान हुन पाएका छैनन् । तर, पछिल्लो समय जलविद्युत कम्पनीको सेयरमा उल्लेख्य वृद्धि आएको छ । बजारको गति हेर्दा जलविद्युत्को सेयरमा आश्चर्यजनक वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कूल ४० जलविद्युत् कम्पनी सूचीकृत छन् । अधिकांश कम्पनीको सेयरको वृद्धिदर राम्रो देखिन्छ । केही कम्पनीको सेयरमा त सकारात्मक सर्किट नै लागेको अवस्था छ ।

त्यसो त अन्य क्षेत्र कोरोना महामारीले प्रभावित भएपनि सञ्चालनमा रहेका जलविद्युत् कम्पनीबाट बिजुली उत्पादन भइरहेको छ, उनीहरुको आम्दानीमा कमी हुन पाएको छैन । तुलनात्मक मात्रामा बिजुली उत्पादन कम भएपनि हिँउदेयाममा प्रतियूनिट ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता भएका कारण पनि जलविद्युत् कम्पनीको आम्दानीमा कमी आएको छैन ।

कोरोनाले अन्य क्षेत्र प्रभावित हुँदा ऊर्जा उत्पादन गरिरहेका जलविद्युत् कम्पनीलाई कुनै समस्या नआउनु एउटा कारण हुन सक्ने जानकारहरुको भनाइ छ ।

हेर्नुहोस् ! जलविद्युत् कम्पनीको ६ महिनाको अवधिमा (जेठ बिहीबारसम्म) सेयरमा आएको वृद्धिदर ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds