सबै दललाई सरकारमा आउन प्रधानमन्त्रीले गरे फेरी निम्तो

सबै दललाई सरकारमा आउन प्रधानमन्त्रीले गरे फेरी निम्तो

kp-sharma-oli

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । उनले गरेको संसद् विघटन र चुनावको घोषणालाई प्रतिगमन भएको भन्नु गलत भएको दोहोर्‍याउँदै यस्तो आग्रह गरेका हुन्।

यसअघि पनि पटक पटक पत्रकार सम्मेलन गर्दै उनले यस्तै सार्वजनिक आव्हान गर्दै आएका थिए।

शुक्रवार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो दलिल दोहोर्‍याएका हुन् ।सरकार बचाउन अन्य दललाई फुटाउने काम गर्नु अनैतिक कार्य भएको पनि उनले जनाएका छन्। जबकि सरकार टिकाउन अरू दल फुटाउने सर्वाधिक धेरै प्रयत्न गरेको आरोप उनीमाथि छ।

प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको उनले बताए। ओलीले प्रतिनिधिसभा पुरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने जिकिर गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ