बलेवा । भूगोल र जनसङ्ख्याले सानो रहेको तमानखोला गाउँपालिकामा कोरोनाका सङ्क्रमित थोरै छन् । यहाँका सङ्क्रमितमध्ये धेरै बिरामी छन् ।
कोरोनाको पहिलो भेरियन्टको समयमा लामो समयसम्म सङ्क्रमणबाट बचेको तमानमा भारतबाट आएका मात्रै सङ्क्रमित भएका थिए । अन्यत्र नियन्त्रणमा आएपछि यहाँका स्वास्थ्यकर्मीमा सङ्क्रमण देखियो । दोस्रो लहरका क्रममा भने तमानखोला पनि बढी प्रभावित भएको छ । अहिलेसम्म तमानखोलाका ७१ जनामा मात्रै कोरोना पुष्टि भएको छ । तीमध्ये २२ जना डिस्चार्ज पनि भइसके । बाँकी ४९ मा नौजना गम्भीर बिरामी छन् ।
बिरामी बागलुङ र पोखराका अस्पतालका आइसियुमा छन् । यो सङ्ख्या सङ्क्रमितको २० प्रतिशत हो । कूल सङ्क्रमितको २० प्रतिशत गम्भीर बिरामी हुनु राम्रो नभएको स्वास्थ्य शाखाका प्रमुख तिलक छन्त्यालले बताए ।
“एकदुई पटक मात्रै परीक्षण गर्दा यो सङ्ख्या देखिएको हो, परीक्षण बढाउँदा डरलाग्दो हुन सक्छ”, उनले भने, “परीक्षण गर्दा ७० प्रतिशतमा सङ्क्रमण देखिएको थियो ।” यस क्रमले परीक्षण बढाउने र सङ्क्रमित भेटिने हो भने डरलाग्दो अवस्था आउने उनले बताए ।
गाउँपालिकाले थप ८५ जनाको स्वाब सङ्कलन गरेर पिसिआरका लागि पठाएको छ । ती स्वाबबाट पनि धेरैमा सङ्क्रमण देखिन सक्ने उनले बताए । घरघरमा लक्षणसहितका सङ्क्रमित र शङ्कास्पद बिरामी भएकाले रिपोर्ट डरलाग्दो बन्ने उनले आशङ्का व्यक्त गरे ।
अघिल्लो वर्ष झैँ क्वारेन्टिन नबन्नु, शहरी क्षेत्र र भारतबाट आएका मान्छे सोझै गाउँ पुग्नुले सङ्क्रमण घरघरमा पुगेको स्थानीयवासीले बताएका छन् । तमानखोलालगायत ग्रामीण क्षेत्रको चेतना कमी भएकाले सङ्क्रमण बढ्दै गएको उनले बताए ।
ढोरपाटन नगरपालिकामा पनि सङ्क्रमितमध्ये बिरामी भएर आइसोलेशन र अक्सिजनसहितको उपचार दिनुपर्ने बढिरहेका छन् । बोबाङलगायतका ग्रामीण बस्तीमा जुनसुकै बेला डरलाग्दो गरी सङ्क्रमण फैलन सक्ने प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङका प्रमुख डा मिलन मल्लले बताए ।
सम्बन्धित खबर
बागलुङ बलेवाको गणेश मावि: जहाँ शहरका विद्यार्थी पढ्छन्
बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै
स्वास्थ्यमन्त्रीकै गृहजिल्लामा मनोचिकित्सक अभाव, उपचार प्रभावित
चार पटक म्याद थप्दासमेत सडक कालोपत्रे नभएपछि स्थानिय आन्दोलित
तरकारीखेती गरेर जीविकोपार्जन गर्दै बागलुङका किसान
सोलार जोडिएपछि उज्यालो बन्यो निसेलढोर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी