अक्सिजन अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत छ संक्रमितको मृत्यु

अक्सिजन अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत छ संक्रमितको मृत्यु

paschimaanchal hospital pokhara

पोखरा । बिहीबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ६ जना संक्रमितको अक्सिजन अभावमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँका तीन जना, स्याङ्गजा, पर्वत र म्याग्दी जिल्लाका एक-एक गरी छ जना छन् । मृतकहरु सुत्केरी, डायलोसिस गरिरहेका, कलेजोको समस्या भएका र केही सामान्य बिरामी छन् । 

अस्पतालका अक्सिजन फोकल पर्सन बिमल बरालका अनुसार बिहीबार दिउँसो ४ बजेदेखि अक्सिजनको अभाव हुन थालेको थियो । अक्सिजन उद्योगबाट उत्पादन कम भएका कारण पर्याप्त अक्सिजन नपाएको बरालले जानकारी दिए ।

यता, अस्पतालका फोकल पर्सन डा. शरद बरालले हाइफ्लो अक्सिजन नपाउँदा सुत्केरीको ज्यान गएको स्वीकार गरेपनि अन्य बिरामीमा भने दीर्घ रोगले बढी च्यापेको बताए । अस्पतालमा हाइफ्लोका बिरामी बढ्दा एक्कासी अक्सिजनको समस्या देखियो । “हाइफ्लोमा अक्सिजन दिँदा प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन खपत हुन्छ, डा. बरालले भने।”

अक्सिजन अभावमा मृत्यु भएपछि अस्पतालले बेलैमा आफूहरुलाई सचेत गराइदिएको भए जसरी पनि अक्सिजन जोहो गर्ने सकिने मृतकका आफन्तहरुले सम्भावना व्यक्त गरे । “अस्पतालले अक्सिजनको अभाव छ, समयमा नआउन सक्छ, खोज्दै गर्नुस् भनेको भए, जसोतसो जोहो गर्थ्यौं,  एक आफन्तले गहभरी आँशु पार्दै दुखेसो पोखे।”

बिहीबार दिउँसोबाटै पोखरामा विद्युतको नियमित आपूर्ति नहुँदा अक्सिजन उद्योगमा उत्पादन प्रभावित बनेको थियो। अस्पतालले पोखरा अक्सिजन ग्यास उद्योगबाट अक्सिजन खपत गर्दै आइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds