पोखरा । कोभिड १९ को सङ्क्रमण रोकथामका लागि कास्कीमा पुनः थप एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आज एक विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि लागु हुने गरी जेठ २१ सम्म निषेधाज्ञाको अवधि लम्बाएको हो ।
नयाँ भेरियन्टसहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाई रोक्नका लागि प्रशासनले यस अघि जारी गरेको निषेधाज्ञालाई पुनः एक साताका लागि थप गरेको हो । यसअघि पनि प्रशासनले निषेधाज्ञाको समय एक÷एक साता थप गर्दै आएको छ ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार निषेधाज्ञाभर अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन पाइने छैन । एम्बुलेन्स, बिरामी तथा कुरुवा बोक्ने सवारीसाधन बढीमा २ जना, दमकल, शववाहन, खाद्यसामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुग्ध पदार्थ, माछा, मासु, पानी, ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका गाडी, चिकित्सक तथा स्वास्थ्यकर्मीले ड्युटीमा जानेआउने क्रममा प्रयोग गर्ने गाडी, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेको गाडी, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी गाडी बाहेकका निजी तथा सार्वजनिक गाडी सञ्चालन गर्न पाइने छैन ।
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न निषेध गर्न पाइने छैन ।
मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरि नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गरि अन्य कार्य नगर्ने, नगराउने भनिएको छ । शिक्षक संस्था बन्द कायमै छन् ।
सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, चिया तथा खाजा पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, व्युटी पार्लर, शैलुन, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल लगायतका सेवा एवं स्थल नखोल्ने तथा सञ्चालन नगर्ने आदेशमा उल्लेख छ ।
विवाह, ब्रतवन्ध एवं अन्य संस्कारजन्य कार्यक्रम पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न पाइने छैन भने घरमा सञ्चालन हुने त्यस्ता कार्यक्रममा बढीमा १० जनासम्म सहभागी हुन नपाइनेछ । विवाहको लागि केटा वा केटी पक्षले बढीमा ५ जनामात्र हुने गरी १ सवारीसाधन मात्र प्रयोग गर्न सक्ने छन् ।
दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दही, माछा, मासु बिक्री वितरण गर्ने पसल बिहान ५ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । ताजा दूध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरणमा बाधा छैन ।
खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्ने, सोको लागि सवारीसाधन लैजान नपाइने आदेशमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखामात्र निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लीअरिङ र विप्रेषण सेवामात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने तथा त्यहा कार्यरत कर्मचारीहरु परिचय पत्र र कार्यालय पोशाक आधारमा बिहान १० देखि ११ र दिउँसो २ देखि साढे ३ सम्म आवतजावत गर्न सक्नेछन् ।


सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन