कंगोमा ज्वालामुखी विस्फोट हुदा ३२ को मृत्यु, सयौँजना बेपत्ता

कंगोमा ज्वालामुखी विस्फोट हुदा ३२ को मृत्यु, सयौँजना बेपत्ता

cango-volcano

सिन्ह्वा।  कंगोमा हालै भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ भने त्यहाँबाट सयौँ नागरिक बेपत्ता भएका छन् ।संयुक्त राष्ट्रसंघीय दाता एजेन्सीका सहायतार्कीहरुले बुधबार सो कुराको जानकारी गराएका हुन् । उनीहरुले बुधबारसम्ममा यहाँका ३२ जनाको ज्यान गएको र अरु सयौँ जना अझै हराइरहेको बताएका छन् ।

शनिबार ज्वालामुखी विस्फोट भएपछि त्यसमा परेर हराएकाहरुको अब भने जिवीतै उद्धारको आशा नभएको ती सहायताकर्मीहरुले जनाएका छन् ।कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी सोही दिन कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार बताइएको थियो ।

उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको छ । भाग्ने क्रममा ती व्यक्ति बेपत्ता भएका हुन् । साथै यसबाट यहाँका १७० जना बालबालिका पनि हराएका छन् । उनीहरुको अवस्था अज्ञात रहेको संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी कोष, युनिसेफले जानकारी दिएको छ ।

हराएका मध्ये ४० जना बयस्क छन् भने अरु केही बृद्धबृद्धाहरु पनि रहेका छन् । करिब १७० जना बालबालिका हराएका छन् भने अरु केही बालबालिका आफ्नो घरबाट अन्यत्र या अर्को गाउँमा पुगेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds