घरायसी झगडामा धारिलो हतियार प्रहार गरी छोराको हत्या

घरायसी झगडामा धारिलो हतियार प्रहार गरी छोराको हत्या

बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेको छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८÷१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

उहाँका अनुसार वलीले नुहाउदै गरेका बेला पछाडिबाट खसी काट्ने घरेलु हतियारले छोरालाई घाँटीमा प्रहार गरेका थिए । गम्भीर घाइते पोषणको उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

छोरामाथि हतियार प्रहार गर्ने बाबु ठाकुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ