तनहुँ । ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नारासाथ व्यासनगरपालिका–१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले थालेको अभियानमा झण्डै रु २६ लाख सङ्कलन भएको छ ।
गत वर्ष भदौ १९ गते नेपाल रेडक्रस दिवसको दिनबाट अभियान शुरु थालेको सो उपशाखाले नौ महिनामा २५ लाख ५६ हजार जुटाएको हो । विभिन्न व्यक्ति संघसंस्थाबाट १५ लाख नगद सङ्कलन भएको छ । त्यस्तै १० लाख ५६ हजार बोलकबुल अनुरुपको रकम उठ्न बाँकी रहेको उपशाखाका सभापति रामदत्त पौडेल बताए । व्यासनगरपालिकाले पाँच लाख, नेपाल रेडक्रस सोसाइटी केन्द्रले तीन लाख र विभिन्न व्यक्तिबाट रु दुई लाख ५६ हजार उठ्न बाँकी रहेको छ ।
उक्त शाखाले एम्बुलेन्स खरिदको लागि गत पुस १६ गते नौ लाख ४१ हजार ७५३ भारतको अग्नि गु्रप महेन्द्र कम्पनीलाई पैसा पठाएपनि हालसम्म एम्बुलेन्स ल्याउन नसकिएको उनले बताए ।
एम्बुलेन्स आउने बित्तिकै प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याइने अर्थ सङ्कलन समितिका सचिव श्रीकृष्ण आचार्यले बताए ।
उनका अनुसार ऋषिङगाउँपालिका स्थित कोटदरबार उपशाखा र देवघाट उपशाखाले यस अघि नै एम्बुलेन्स सञ्चालनमा ल्याईसकेका छन् । कुनै स्वास्थ्य संस्थासँग सम्झौता गरी एक जना स्वास्थ्यकर्मी, अक्सिजन लगायतका मापदण्ड पुरा गरी एम्बुलेन्स चलाउने योजना रहेको रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले जनाएको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो