पोखरा । प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकीले पछिल्ला दिनमा नमुना स्वाब लिइएको ४८ घण्टाभित्रै पिसिआर रिपोर्टको नतिजा दिइएको जनाएको छ ।
नमुना स्वाब दिएको हप्ता दश दिनसम्म पनि नतिजा समयमै नआऊँदा संक्रमणको जोखिम बढेको भन्दै ब्यापक जनगुनासो बढेपछि प्रयोगशालाले विज्ञप्ति मार्फत सो कुरा जनाएको हो।
विज्ञप्तिमा भनिएको छ – “केही जिल्लाका नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौँमा परिक्षणका लागि पठाएर समेत समयमै नतिजा दिन प्रयास गरेको तर, त्यहाँ पनि उस्तै अवस्था रहेकोले केहि दिन ढिला हुन गएको हो। ” बुधबार सम्ममा काठमाडौँ पठाइएको सम्पूर्ण नमुनाको रिपोर्ट समेत सबैले प्राप्त गरेको हुनाले अब सो समस्या हटेको छ। “
प्रयोगशालाले महामारीको परिस्थितिमा समयमै कोभिड–१९ परिक्षणको रिपोर्ट उपलब्ध गराउन नसक्दा दुःख लागेको र आफ्नो क्षमताले भ्याए सम्म काम गर्दै जाँदा पनि ठूलो संख्यामा आएका नमुना परीक्षण गर्नु पर्दाको कारणले मात्र ढिलाइ भएको निमित्त निर्देशक सुवेदीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।
यस्तो छ विज्ञप्तिको पूर्ण पाठ !
“बीचमा ढिला भएको हो, अहिले ४८ घन्टाभित्रै पिसिआर रिपोर्ट आइरहेको छ”
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो दिनमा आफ्नो कार्यालयमा आइपुगेर दर्ता भएको ४८ घण्टा भित्रमा पिसिआर रिपोर्ट उपलध गराइरहेकोे जनाएको छ । गण्डकी प्रदेश अन्तरगतको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले बुधबार बिज्ञप्ती प्रकाशन गरेर उक्त जानकारी गराएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा पछिल्लो क्रममा देशभर कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढेसंगै गण्डकी प्रदेशमा पनि सम्भावित संक्रमितको संख्या बढेपछी परिक्षणका लागि यस प्रयोगशालामा आउने नमुनाको संख्या बढेको उल्लेख छ । विज्ञप्तीमा नमुनाको संख्या गुणात्मक वृद्धि भई प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कोभिड–१९ परिक्षण प्रयोगशालालाई पूर्ण क्षमतामा संचालन गर्दा पनि केही नमुना बाँकी बस्ने र समयमै रिपोर्ट दिन नसकिने अवस्था सृजना भए पछि प्रदेश भित्रका केही जिल्लाका नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौँमा परिक्षणका लागि पठाइएर समेत समयमै नतिजा दिन प्रयास गरेको तर त्यहाँ पनि उस्तै अवस्था रहेकोले केहि दिन ढिला हुन गएको उल्लेख छ । काठमाडौं नमुना पठाउँदा काठमाडौं नमुना पठाइएको दिन देखिनै आंशिक रुपमा रिपोर्ट आईरहेको र बुधबार सम्ममा काठमाडौँ पठाइएको सम्पूर्ण नमुनाको रिपोर्ट समेत सबैले प्राप्त गरेको हुनाले अब सो समस्या हटेको निमित्त निर्देशक सुवेदीले बताइन् ।
महामारीको परिस्थितिमा समयमै कोभिड–१९ परिक्षणको रिपोर्ट उपलब्ध गराउन नसक्दा दुःख लागेको र आफ्नो क्षमताले भ्याए सम्म काम गर्दै जाँदा पनि ठूलो संख्यामा आएका नमुना परीक्षण गर्नु पर्दाको कारणले मात्र ढिलाइ भएको निमित्त निर्देशक सुवेदीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।
थोरै कर्मचारी रहँदा पनि आफूहरुले सक्दो प्रयास गरेको र केही कर्मचारीहरु करारमा अहिले प्रयोगशालामा थप गरिए सँगै अब प्रयोगशालामा आइपुगेका नमुनाहरुको ४८ घण्टा भित्रै नतिजा उपलब्ध गराउनलाई हरदम प्रयास भै रहेको विज्ञप्तीमा उल्लेख छ । जनस्वास्थ्य प्रयोगशालाले आवश्यकताको आधारमा जिनाएक्सपट विधिबाट २ घण्टाभित्र नै परिक्षण गरि रिपोर्ट उपलब्ध गराउने समेत गरेको जनाएको छ । गण्डकी प्रदेश भित्र रहेका प्रयोगशालाहरुले आफ्नो क्षमता अनुसार परीक्षण गर्दै आफूहरुले सके सम्म सक्दो धेरै नतिजा दिने प्रयासमा लागिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन