नेपाललाई तत्काल थप १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

नेपाललाई तत्काल थप १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

si-jinping

काठमाण्डौ ।  चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनपिङले बुधबार दिउँसो यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार कोरोना महामारीसँग नेपाल जुधिरहेको भन्दै खोप उपलब्ध गराउन भारत र चीनका समकक्षलाई लिखित र मौखिक आग्रह गरेकी थिइन् । त्यसक्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच करीव पौने एक घण्टा टेलिफोन संवाद भएको थियो ।

संवादमा राष्ट्रपति भण्डारीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपतिलाई विशेष आग्रह गरेको थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्। चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ