काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ महामारी नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सरकारले कोभिड–१९ महामारीको आडमा राजनीति गर्न खोजेको आरोप लगाएको छ ।
सभापति देउवा नेतृत्वको प्रतिनिधिमण्डलले कोभिड–१९ संक्रमणको उपचार र रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही जेठ ६ गते १५ बुँदे सुझावपत्र बुझाएको थियो । बैठकले सो सुझाव कार्यान्वयनमा सरकारले गम्भीर रुपमा चासो नदेखाएको भन्दै पुनः ध्यानाकर्षण गराएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकले आवश्यकताअनुसार श्यया, अक्सिजन, आइसियु र भेन्टिलेटरसहितको अस्पताल र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गर्न, सबै जनतालाई सहज रुपमा तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन, कन्ट्याक्ट ट्रेसिङको आधारमा बढी भन्दा बढी पिसिआर परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
नेता खड्काले लम्बिदै गएको निषेधाज्ञाका कारण मारमा परेका दैनिक ज्यालादारी श्रमिक, रोजगारी गुमाएका सर्वसाधारण र व्यापारीलगायतलाई उचित राहतको व्यवस्था गर्न, स्थानीय तहलाई आवश्यक साधन, स्रोतको व्यवस्था गरी संक्रमणको प्रभावकारी रोकथाम, कन्ट्याक्ट ट्रेसिङ, संक्रमितको आइसोलेशन, प्रारम्भिक स्वास्थ्य परामर्श र उपचारको पहुँचमा पु-याउने व्यवस्थाका लागि जिम्मेवारी दिनुपर्नेलगायत विषयमा बैठकले सरकारको ध्यानाकर्षण गराएको बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो