पोखराकी मिस दुर्गा भाट: कोरोनाले निम्त्याएको निमोनियासँग हारिन्

पोखराकी मिस दुर्गा भाट: कोरोनाले निम्त्याएको निमोनियासँग हारिन्

Durga Bhat

जनकपुरकी स्थायी बासिन्दा दुर्गा भाटले पोखरेली बालबालिकालाई अक्षर चिनाउन थालेको १५ वर्ष बित्यो । उसो त उनी यहीँ हुर्केकी, पढेकी हुन् ।

उनै पोखरेली मिस दुर्गाको कोरोनाकै कारण निधन भएको छ । यद्यपी उनले कोरोना जितिसकेकी थिइन् । कोरोना संक्रमणबाट निम्तिएको निमोनियाले ३६ वर्षीया दुर्गालाई लगिछाड्यो ।

२५ दिनसम्म अस्पतालमा जीवन मृत्युसँग लडेकी दुर्गाको मंगलबार निधन भएको हो । फिस्टेल हस्पिटलपछि चरक मेमोरियल हस्पिटलमा लगिएकी उनको ज्यान बचेन ।

दुर्गा गर्भवती समेत थिइन् । कोरोना संक्रमण र निमोनियाले गाँजेपछि उनको गर्भमा रहेको शिशु खेर गएको थियो । त्यसपछि झनै उनी कमजोर भइन् । पछिल्लो समय कोरोना रिपोर्ट नेगेटिभ आएपनि निमोनियाले शरीर गालिसकेको थियो ।

१२ वर्षदेखि कुमुदिनी होम्स माविमा पढाउँदै आएकी दुर्गा प्राइमरी इन्चार्ज समेत थिइन् । पोखरा रामघाटमा बस्दै आएकी दुर्गाका पति र १ छोरा छन् । उनको आजै अन्त्येष्टि समेत गरिएको छ । कोभिडमुक्त भइसकेका कारण परिवारले आफ्नै परम्पराअनुसार अन्त्येष्टि गर्न पाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds