कास्कीमा कडाई : लकडाउनमा अवरोध सिर्जना गर्नेलाई ५ लाखसम्म वा १ वर्षसम्म कैद

कास्कीमा कडाई : लकडाउनमा अवरोध सिर्जना गर्नेलाई ५ लाखसम्म वा १ वर्षसम्म कैद

cdo-kaski

पोखरा । कास्कीमा लकडाउनमा कडाई गरिएको छ । लकडाउन उल्लंघन गरेमा वा अवरोध गरेको खण्डमा ठूलो मूल्य चुकाउनुपर्नेछ ।

जिल्ला प्रशासन कास्कीले आज एक सूचना जारी गर्दै कुनै व्यक्तिले आदेशको उल्लघंन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने जनाएको छ । त्यस्तै, संघसंस्थाले उल्लङ्घन गरेमा ५ लाखसम्म जरिवाना तिर्नुपर्नेछ ।

बाधा अवरोध पुराएको खण्डमा ५ लाखसम्म जरिवाना वा १ वर्षसम्म कैद सजाय दिइनेछ । २ पाङ्ग्रेलाई २ हजार र अन्यलाई पाँच हजार जरिवाना तोकिएको छ ।

नेपाल सरकारबाट कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कोही कसैले अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगरेमा नगद, कैद वा दुवै सजाय हुन सक्ने सूचनामार्फत कास्की प्रशासनले जानकारी दिएको हो ।

कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रण प्रभावकारी रुपमा व्यवस्थापन गर्न यस्तो कडाई गरिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds