एसके थकाली, मुस्ताङ । हेलिकोप्टर उद्दारमा ढिलाइ हुँदा एक दुर्घटनाका सहचालकले ज्यान गुमाएका छन् । कोरोनाको दोस्रो लहरसँगैको कोरोना संक्रमणकालमा सरकारले निर्देशन गरेको हेलि कार्यविधि/प्रक्रियाका कारण हेलि उडानमा ढिलाई हुँदा मुस्ताङमा सोमबार सडक दुर्घटना परी घाइते भएका एक ट्याक्टरका सहचालकको मृत्यु भएको निर्वतमान संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।
हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा—३ ध्याकर स्थित कच्ची सडकखण्डमा समरबाट ध्याकरतर्फ आउँदै गरेको ग१च ४८३९ नम्बरको ट््याक्टर दुर्घटनामा सहचालक धादिङ गंगा जमुना गापा-५ बस्ने वर्ष २३ वर्षीय सुनिल गुरुङ गम्भीर घाइते भएका थिए भने सोही ट्याक्टरका चालक बिजय दमै सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार ट्याक्टर दुर्घटनामा परी घाइते भएका दुईजनामध्ये सहचालक गुरुङको पोखराको मेड्रोसीटी अस्पतालमा सोमबार राति मृत्यु भएको हो ।
यस्तै चालक बिजय दमैको अवस्था भने सामान्य रहेको र उनको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।यसअघि ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते सहचालक गुरुङलाई घटनास्थलबाट जोमसोम अस्पताल ल्याइएको र अस्पतालबाट थप उपचारका लागि पोखरा प्रभु एयरको हेलिमार्फत लगिएकोमा अस्पतालमा मृत्यु भएको हो ।
पोखरा अस्पतालमा मृत्यु भएका सहचालक गुरुङको मुचुल्का र पोष्ट मार्टमका लागि वडा प्रहरी कार्यालय बैदामलाई सिफारिस गरिएको प्रहरी निरीक्षक आशिष अधिकारीले बताए ।यता, मुस्ताङका निर्वतमान संघीय सांसद प्रेमप्रसाद तुलाचनले घाइते उद्दारका लागि हेलि उडान प्रक्रियाको आवश्यक कागजात जुटाउदा ढिलो भइ मृतकले ज्यान गुमाउन परेको उल्लेख गरे ।
कोरोना माहामारीको अवस्थामा आन्तरिक हेलिउडानका लागि कोभिड तथा नन् कोभिड पहिचान गर्नका लागि घाईते र बिरामी कुरुवाको नागरिकताको प्रमाणपत्र र अस्पतालको रिफर कागजात माग भएको र सो जुटाउँदैमा ढिलाइ हुँदा ट्याक्टरका सहचालकको मृत्यु भएको उनको ठम्याई छ ।
निर्वतमान सांसद तुलाचनले पोखरामा हेलि उडानको सहजीकरण गरेका थिए ।यसका लागि माग गरिएको कागजात जुटाउदा जुटाउदैमा करिव एक घण्टा समय लस भएको जनाए ।हेलिको आकस्मिक उडान गर्न मुस्ताङ प्रशासन , पोखरा विमानस्थलको समन्वयमा हेलिकोप्टर उद्दार गरिएकोमा घाईतेको अस्पताल पुर्याउँदा मृत्यु भएको बताए ।
निवर्तमान सांसद तुलाचनले आकस्मिक उडानका लागि स्थानीय प्रशासनको समयमा हेलिउडानको अनुमती प्रदान गर्नुपर्ने उल्लेख गरे ।उनले हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा आकस्मिक हेलि उद्दारका लागि अनुमती दिन पटक/पटक गृह मन्त्रालय र अन्तराष्ट्रिय संम्वन्ध समितिको बैठकमा ध्यानआर्कषण गराउँदै आएको बताए ।
‘ घाइते गम्भीर अवस्थामा रहेको र जतिसक्दो अस्पताल पुर्याउन पर्ने थियो,‘निर्वतमान सांसद तुलाचनले भने, ‘सायद छिटो अस्पताल पुर्याउन सकेको भए बाँच्ने सम्भावना रहन्थ्यो ।’उनले हेलि उद्दारमा ढिलाइ हुनुमा स्थानीय प्रशासन,विमानस्थल र हेलिकोप्टर टिमको दोष नभइ प्रक्रिया गलत भएको र यसलाई सहज गरिनुपर्ने माग गरे ।
सम्बन्धित खबर
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
मापसेका कारण ५ महिनामा गण्डकीमा २३ सवारी दुर्घटना, ३ को मृत्यु, ३६ घाइते
मकवानपुरमा स्कार्पियो र कार ठोक्किँदा २ जनाको मृत्यु, १२ घाइते
‘पुष्पा २’को विशेष शोमा भएको भागदौडमा घाइते भएका बालक भेट्न पुगे अल्लु अर्जुन
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
बसले थिच्दा सशस्त्र प्रहरी इन्स्पेक्टरको मृत्यु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी