गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन जेठ १६ गते, फेरि पोखरा सभागृहमै

गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन जेठ १६ गते, फेरि पोखरा सभागृहमै

Gandaki Samsad

गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन जेठ १६ गते बोलाइएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १६ गते दिउँसो १ बजे सभागृहमा अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।

कोरोनाको अवस्था सामान्य बन्दै गएपछि नदिपुरस्थित प्रदेशसभा भवनमै बैठक बस्न थालिएकोमा फेरि पोखरा सभागृहमै अधिवेशन बस्ने भउको छ । गत वर्ष पनि पाेखरा सभागृहमै बजेट अधिवेशन भएकाे थियाे ।

 मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २९ भित्र विश्वासको मत लिनुपर्ने र बजेट असार १ सम्म ल्याउनुपर्ने भएकाले प्रदेश सभा बैठक डाकिएको हो । मुख्यमन्त्री गुरुङ वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ भने त्यस अगावै नीति तथा कार्यक्रम पारित गर्नु पर्ने हुन्छ ।

यो अधिवेशनमा मुख्यमन्त्रीले विश्वासको मत लिन सकेनन् भने अर्को सरकार गठन पनि सहज छैन । यसले
गण्डकी पनि मध्यावधिकै बाटोमा जाने देखिएको छ । बजेट अगावै सरकार फेरबदल भएमा वा मुख्यमन्त्रीले बजेट ल्याउन नसकेमा काम चलाउन सरकारले अध्यायदेशमार्फत पनि बजेट ल्याउनुपर्ने अवस्था आउन सक्छ ।

गण्डकी प्रदेश सरकारको सातौं अधिवेशन चैत २५ गतेबाट सुरु भएर वैशाख २ गते अन्त्य भएको थियो । त्यस लगत्तै वैशाख १३ गतेबाट विशेष अधिवेशन चलेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds