राष्ट्र हित विपरीतको कार्य नगर्न प्रधानमन्त्री ओलीलाई विप्लवको चेतावनी (विज्ञप्तिसहित)

राष्ट्र हित विपरीतको कार्य नगर्न प्रधानमन्त्री ओलीलाई विप्लवको चेतावनी (विज्ञप्तिसहित)

Biplab-Netrabikram-Chand

काठमाण्डौ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्माको ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश २०७८ प्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ।

सोमवार एक विज्ञप्ति जारी गरी विप्लवले नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा सरकारले एक्लौटी निर्णय गरेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ -“सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि त्यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनु पर्ने हुन्छ । अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रियहितविपरित कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ।”

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ