कास्की – मोटरसाईकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ।
सोमबार दिउँसो साढे १२ बजेको समयमा जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नं -८ रिभान स्थित लुम्लेतर्फ जाँदै गरेको ग १४ प ९७५५ नंवरको मोटरसाईकल आफै अनियन्त्रित भइ पोलमा ठक्कर खाँदा सोही वडा निवासी १८ वर्षीय लक्की विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
प्रहरीका अनुसार बिजुलीको पोलमा ठोक्किएर गम्भीर घाइते भएका उनलाई तत्काल पोखरास्थित फिस्टेल अस्पताल ल्याइएकोमा चिकित्सकले चेक जाँचका क्रममा मृत घोषणा गरेका थिए ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते