विपक्षी मोर्चाका नेताहरु सर्वोच्च अदालतमा पुगेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सर्वोच्च अदालतमा पुगेका हुन्।
विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् ।
रिटमा तीन माग छन्,
१. संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज
२. संसद अधिवेशनको मिति तोक्नुपर्ने
३. संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।
एमालेका २३ सहित १४६ सांसदले हस्ताक्षर गरेका छन्। उनीहरु आफू पनि सर्वोच्च अदालतमा उपस्थित भएका छन्।
एमालेका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल निरादेवि जैरू, सरलाकुमारी यादव कल्याणी खड्का लक्ष्मी चौधरीले हस्ताक्षर गरेका छन्।
यस्तै, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडाले हस्ताक्षर गरेका हुन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराई, नेपाल-खनाल समूह र राष्ट्रिय जनमोर्चा गरी पाँच दलका सांसदहरु अदालत जान थालेका हुन्।
सम्बन्धित खबर
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो