दोस्रो पटक मन्त्री भएका मनाङेले लिए सपथ

दोस्रो पटक मन्त्री भएका मनाङेले लिए सपथ

manage-sapath

पोखरा । गण्डकी प्रदेशका नव नियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको सपथ लिएका छन् । मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा आइतबार प्रदेश प्रमुख सीता कुमारी पौडेलले उनलाई सपथ खुवाएकी हुन् ।

मनाङेलाई जेठ ५ गते मुख्यमन्त्री गुरुङले ५ मन्त्रीलाई नियुक्त गरेका थिए । सोही दिन ४ मन्त्रीले सपथ लिए ।मनाङे काठमाडौं भएकोले सपथ लिन पाएका थिएनन् ।

वैशाख १६ गते मनाङेलाई आफ्नो सत्ता सुरक्षाका लागि सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय छुट्याएर पहिलो पटक मन्त्री बनाएपनि गुरुङको राजीनामा पछि १० दिनमै पद गएको थियो । गुरुङ सरकारमा पूरानै अनुहार छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ