नेकपा एमालेका १४ जना प्रदेशसभा सदस्यहरुले नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डलाई स्पष्टीकरण बुझाएका छन् । नेकपा एमाले माधव नेपाल समूहका १४ जना सदस्यहरुले आज स्पष्टीकरण बुझाएको प्रदेशसभा सदस्य तथा माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिवार बसेको बैठकले बागमती प्रदेशका माधव नेपाल पक्षका नेतृ शाक्यसहित १४ जना सांसदहरुलाई पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टिकरण माग गरेको थियो ।
बोर्डले गत पुष १० गते बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुको कारण, गत चैत ५ र ६ गते काठमाडौंमा भएको माधव नेपाल समूहको भेलामा सहभागी हुनुको कारण र जेठ ६ गते भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई सूर्य चिन्हमा मतदान नगर्नुको कारण माग गर्दै उनीहरुसँग स्पष्टीकरण सोधेको थियो ।
उक्त विषयमा माधव नेपाल समूहका १४ जना सांसदले छलफल गरी बोर्डलाई जवाफ पठाएको नेतृ शाक्यले बताइन् । नेपाल पक्षका प्रदेश सांसद शाक्य, पाण्डे, अरूण नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, बसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मिना ज्ञवाली, पार्वती सिलवाल र लक्ष्मण लम्साललाई स्पष्टीकरण सोधिएको थियो ।
राष्ट्रियसभाको रिक्त सदस्य पदको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई माधव पक्षका सांसदहरुले मत नदिएको भन्ने विषयमा बोर्डले प्रश्न सोध्न र जवाफ पठाउन नमिल्ने जवाफमा उल्लेख गरिएकाे उनले बताइन् ।
गोप्य मतदानका बारेमा मत दिएको वा नदिएको बारेमा सोध्नु गलत भएको उनले बताइन् । ‘मतदान गोप्य हुन्छ । भोट कसलाई हाल्यो सोध्ने र भन्ने कुरा हुँदैन । हामीले पार्टीको निर्णय विपरित काम गरेको छैन,’ उनले भनिन् ।
उनले नेकपा हुँदा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसद् सचिवालयमा दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिएको र हाल सो पार्टी नै खारेज भएकोले यस विषय स्वतः समाप्त हुनुपर्ने जवाफमा उल्लेख गरिएको बताइन् ।
सरकारले गरेका गलत कामका बारेमा खबरदारी गर्दागर्दै पनि सरकारले अटेर गरेकाले आफूहरु सो कदम उठाउन बाध्य भएको उनले बताइन् । ‘हामीले मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले गरेका गलत कार्यको बारम्बार संसदीय दलको बैठकमा खबरदारी गरेका छौँ । कार्यशैली नै परिवर्तन नभएकाले उहाँकै विरुद्धमा हस्ताक्षर गर्न बाध्य भएका थियौँ,’ उनले भनिन् ।
माधव नेपाल समूहले गत चैत ५ र ६ गते काठमाडौंमा गरेको भेलामा पार्टी एकताका विषयमा योजना बनाउन भेलामा सहभागी भएको जवाफ पठाएको नेतृ शाक्यले बताइन् । ‘हामी सँधै पार्टी एकताको पक्षमा छौँ । पार्टी एकताका लागि उक्त भेला आयोजना भएको थियो त्यसैले भेलामा सहभागि भएका हौं भन्ने जवाफ पठाएका छौँ,’ उनले थपिन् ।
सम्बन्धित खबर
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो