विपक्षी गठबन्धनको पक्षमा १४९ बढी सांसदको हस्ताक्षर, भोलि सर्वोच्चमा रिट दिने तयारी

विपक्षी गठबन्धनको पक्षमा १४९ बढी सांसदको हस्ताक्षर, भोलि सर्वोच्चमा रिट दिने तयारी

deuwa-prachanda-madhabkumar

काठमाण्डौ । प्रतिनिधि सभा विघटनविरूद्ध विपक्षी गठबन्धनले सोमबार सर्वोच्चमा रिट दिने भएका छन् ।

विपक्षी गठबन्धनका घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको पक्षमा १४९ बढी सांसदको हस्तक्षर संकलन भएको भन्दै रिट भने सोमवार मात्र दर्ता गर्ने निर्णय भएको उनले जानकारी दिए ।

नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदको हस्ताक्षर बाँकी रहेको बताइएपनि आज बानेश्वरमा नेपाल पक्षका १८ जना नागरिकता लिएर पुगेका थिए। तर, उनीहरूले हस्ताक्षर गरे नगरेको खुलेको छैन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार हस्ताक्षर गरेका १४९ जनाबाहेक अरूले पनि हस्ताक्षर गरेको दाबी गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ