खनाल नेपाल पक्षका बिद्यार्थी नेताबाट आयोगमा नयाँ दल दर्ता, नाम नेकपा (एकीकृत)

खनाल नेपाल पक्षका बिद्यार्थी नेताबाट आयोगमा नयाँ दल दर्ता, नाम नेकपा (एकीकृत)

nirbachan_aayog 1

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् ।

युवा नेता जीवन राईको अध्यक्षतामा दल दर्ताका लागि निवेदन दिइएको हो । सो दलको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) राखिएको छ । २५ सदस्यीय कार्यसमिति राखेर दल दर्ताको निवेदन दिइएको हो । २५ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्षमा जीवन राई, उपाध्यक्ष कल्पना गुरुङ , महासचिव विनोदकुमार खुलाल, सचिव ऐन बिक्रम कुँवर  र कोषाध्यक्ष सुशीला खनाल  रहेका छन् । चुनाव चिन्ह भने कलम माग गरिएको छ ।

राई नेपाल पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ