बेलायती संसदमा नेपालाई कोरोनाविरुद्धको लडाईमा सहयोग गर्नेबारे छलफल भएको छ। उपल्लो सदन हाउस अफ लर्डसमा नेपाललाई सहयोग गर्नेबारे छलफल भएको हो।
छलफलमा नेपाल कोरोनाबाट धेरै प्रभावित भएको भन्दै सहयोग गर्न ढिला गर्न नहुने सांसदहरुले बताएका थिए। १० सांसदहरुले सोधेका एकपछि अर्को प्रश्नको जवाफ विदेश मन्त्रालयमा दक्षिण एसिया हेर्ने मन्त्री तारिक मोहम्मद अहमदले दिएका छन् । उनले नेपाली अधिकारीहरुसँग निरन्तर सम्वादमा रहेको र सक्दो सहयोग गर्ने बताएका छन् । तर नेपालले मागेको खोपबारे कुनै प्रतिवद्धता जनाएका छैनन् ।
बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले कोभ्याक्स अन्तर्गत करिब २० लाख निःशुल्क डोज छुट्याएको र त्यसमध्ये तीन लाख ४८ हजार डोज नेपालमा पठाइसकिएको उनले बताएका।
बेलायतले अक्सिजन प्लान्ट निर्माणका लागि आर्थिक सहयोग गरेको बताउँदै थप सहयोगबारे छलफल भइरहेको सदनमा जानकारी दिए। लर्ड अहमदले नेपालमा स्वास्थ्य मन्त्रालयलाई सहयोग एवं प्राविधिक विज्ञहरु पठाउन लागिएको पनि जनाए।
बेलायती संसदमा विहिबार ११ मिनेट कोरोना महामारीविरुद्ध नेपाललाई सहयोग गर्नेबारे छलफल भएको थियो।
भिडियो
सम्बन्धित खबर
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला