उचित मात्रामा, उचित समयमा खाइने खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जो भोको पेटमा वा खाली पेटमा खानु हुँदैन । अरुबेला फाइदाजनक भएपनि खाली पेटमा सेवन गर्दा त्यस्ता खानेकुराको नकारात्मक असर पर्छ । त्यसैले स्वस्थ्य जीवनशैली अपनाउन चाहनेले जान्नैपर्छ, खाली पेटमा खान नहुने खानेकुरा के–के हुन् भनेर ।
सोडा
सोडा खाली पेटमा सेवन गर्नु हुँदैन । किनभने यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । यदि तपाईले यसलाई खाली पेटमा पिउनु भयो भने नराम्रो असर गर्छ ।
गोलभेडा
गोलभेडा स्वादिलो हुन्छ र स्वस्थ्यकर पनि । यसलाई अचार बनाएर खान सकिन्छ, तरकारीमा मिसाउन सकिन्छ । सलादकै रुपमा पनि प्रयोग गर्दा हुन्छ । तर, गुणकारी गोलभेडा खाली पेटमा भने सेवन गर्नु हुँदैन । यसमा एसिड पाइन्छ, जसले खाली पेटमा रासायनिक क्रिया हुन्छ । यसले पेटमा अघुलनशिल जेल निर्माण गर्छ । यो जेल पेटमा स्टोन बन्ने कारण बन्न सक्छ ।
मदिरा
त्यसो त मदिराले स्वास्थ्यमा नराम्रो असर पु¥याउँछ । तर, खाली पेटमा यसको असर अझ बढी हानिकारक हुन्छ । खाली पेटमा मदिरा सेवन गर्दा त्यसको नकारात्मक प्रभाव शरीरमा पर्छ र अनेकौ रोगको जन्म दिन्छ ।
मसलेदार
कहिलेपनि खाली पेटमा मसलेदार खानेकुरा सेवन गर्नु हुँदैन । त्यस्ता खानेकुराले पाचन यन्त्रमा गंभिर असर पु¥याउन सक्छ ।
कफी
गर्मीमा भन्दा पनि जाडोमा कफीको लत बढी लाग्छ । अन्य समयमा कफी पिउनु खासै नराम्रो मानिदैन । यद्यपी खाली पेटमा भने कफी सेवन गर्नु हानिकारक हुन्छ ।
दही
दही स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । यसले पाचन क्रियामा पनि राम्रो असर गर्छ । तर, खाली पेटमा दही सेवन गर्दा त्यसले उल्टो असर गर्छ ।
केरा
केरा खानु राम्रो हो । तर, खाली पेटमा केरा सेवन गर्दा नराम्रो असर गर्छ । यसले शरीरमा म्यागनेशियम बढ्छ, जसले गर्दा क्याल्सियम र म्याग्नेसियको सन्तुलन बिग्रिन्छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो