काठमाडौं । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा रियल भालाडोलिडलाई हराउँदै एट्लेटिकोले सात वर्षपछि ला लिगाको उपाधि जितेको हो । जितसँगै एट्लेटिकोले सन् २०१४ पछि पहिलोपटक ला लिगाको उपाधि चुमेको हो ।
भालाडोलिगको मैदानमा भएको खेलमा एट्लेटिकोले पुनरागमन जित निकाल्यो । एट्लेटिकोले भालाडोलिडलाई २–१ ले पराजित गरेको हो ।
खेलको १८औँ मिनेटमा भालाडोलिडका लागि ओस्कार प्लानोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको एट्लेटिकोले दोस्रो हाफमा दुई गोल गर्यो ।
खेलको ५७औँ मिनेटमा एन्जल कोरेयाले एट्लेटिकाका लागि बराबरी गोल फर्काए । ६७औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै टिमलाई २–० को जित दिलाए ।
एट्लेटिकोले ३८ खेलबाट ८६ अंक जोड्यो । पराजित भालाडोलिडले ३१ अंक जोड्यो । भालाडोलिड रेलिगेसनमा परेको छ ।
रियलको पुनरागमन जित
स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले उत्कृष्ट पुनरागमन गर्दै भिल्ला रियलमाथि २-१ गोलको जित निकालेको हो ।
अस्थाई घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर रियलले जित निकालेको हो । खेलको २० औं मिनेटमा एरिमी पिनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा करिम बेन्जिमाको गोलले मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए ।
तर, खेलको ८७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
जितसँगै रियलले सिजनको सुखद अन्त्य गरेको छ । तर, अन्तिम खेलमा जित निकालेपनि रियल उपाधिबाट भने बन्चित भएको छ । रियल च्याम्पियन एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि पर्यो। दोस्रो स्थानको रियलले ३८ खेलमा ८४ अंक जोड्यो । एट्लेटिकोले ८६ अंक जोड्यो । भिल्ला ५८ अंक जोडेर सातौं स्थानमा रह्यो ।
बार्सिलोनाको सुखद अन्त्य
बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा एन्टोनी ग्रीजम्यान नायक बने । उनले खेलमा निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८१ औं मिनेटमा ग्रीजम्यानले निर्णायक गोल गरेका हुन् ।
यस जितसँगै बार्सिलोनाले सिजनको सुखद अन्त्य गरेको छ । बार्सिलोना यस सिजन तेस्रो स्थानमा रह्यो । बार्सिलोनाले ३८ खेलमा ७९ अंक जोड्यो । इबर भने पुछारमा रहदै रेलिगेसनमा परेको छ। इबरले यस सिजन ३० अंक जोड्यो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते