काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन अपरिहार्य भएकाले तयारीमा जुट्न निर्वाचन आयोगका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।
मध्यावधि निर्वाचन घोषणा गरेको १२ घण्टा नबित्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र अन्य पदाधिकारीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले तयारीमा जुट्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
‘निवार्चन अहिलेको अपरिहार्य आवश्यकता हो, अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ अघि बढ्दैछ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै थापाले भने, ‘तपाईंहरू घोषित मितिमा निर्वाचनको तयारीमा जुट्नुस् ।’
संविधानको धारा ७६ को उपाधारा ५ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राष्ट्रपतिसमक्ष पेश गरिएको दावीमा बहुमत पुर्याउने आधार नदेखिएको राष्ट्रपतिको कार्यालयले जनाएको थियो ।
त्यसलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले मध्यावधि निर्वान गर्न सिफारिस गरेपछि शनिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी हुन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने