पोखरा – पछिल्लो २४ घण्टामा गण्डकीमा ५२३ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २५० जनाको नमुना परीक्षण गर्दा थप ५२३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअनुसार कास्कीका ५१ जना, तनहुँका ५६ जना, गोरखाका ५५ जना, लमजुङका ३२ जना, नवलपुरका १३८ जना र स्याङ्गजाका ८० जना छन्।
यस्तै, पर्वतका एक जना, बाग्लुङका छ जना र म्याग्दी जिल्लाका १०४ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३३ हजार ६३६ पुगेको छ, जसमा १० हजार ५४ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २७४ संक्रमणमुक्त भएका छन् । योसंगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २३ हजार ६८ पुगेको छ।
शनिवार गण्डकीमा थप २१ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका १२ जना, स्याङ्गजाका छ जना, तनहुँका एक जना, पर्वतका एक जना र म्याग्दी जिल्लाका एक जना छन्।
योसंगै गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५१४ पुगेको निर्देशनालयले जनाएको छ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो