राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणालाई विपक्षी दलका नेताहरूले संविधान च्यात्ने काम र प्रतिगमन भाग २ भन्दै चर्को आक्रोश व्यक्त गरेका छन् । विपक्षी पाँच दलको तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सबै सांसदले सर्वोच्चमा मुद्धाहाल्ने तयारी गरेका छन् । केही बेरमा पाँच दलको बानेश्वरमा बैठक बसेर त्यरबारेमा निर्णय लिइने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए ।
प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, एमालेको विद्रोही समूह (माधव नेपाल समूह) र राष्ट्रिय जनमोर्चाको बैठक बसेर संघर्षका कार्यक्रम तय गर्ने भएको छ ।
नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि नेता पौडेलले भने, ‘बानेश्वरमा सर्वदलीय बैठक गर्ने र हिजो देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जनाकै तर्फबाट अदालतमा रिट हाल्नेबारे छलफल गर्छौं।’ पौडेलले दलहरूले बहुमतसहित प्रधानमन्त्रीको विकल्प दिँदादिँदै पनि प्रतिनिधि सभा विघटन गरेर संविधान र लोकतन्त्रमाथि राष्ट्रपति र प्रधानमन्त्रीले जालसाजी गरेको आरोप लगाए ।
गत राती संसद विघटन भएर मध्यावधि घोषणा भएपछि र आफूहरुको पक्षमा प्रष्ट बहुमत भएको अवस्थामा जालझेल गरेर प्रधानमन्त्री नवनाइएको भन्दै विपक्षी दलहरु आक्रोशित भएका छन् । विपक्षी गठवन्धनको पक्षमा १४९ जना सांसदहरुले हस्तक्षर नै गरेका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने