कांग्रेस प्रवक्ताको चेतावनी: राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानको सामुहिक बलात्कार भयो

कांग्रेस प्रवक्ताको चेतावनी: राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानको सामुहिक बलात्कार भयो

Bishwa Prakash Sharma

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरसको संक्रमणबिच हुने मध्यावधि निर्वाचन महंगो पर्ने चेतावनी दिएका छन्।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा दाबी गरेकाहरुको निवेदन अस्वीकृत गरेपछि वहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए। उक्त बैठकले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनमा जाने निर्णय गर्दै प्रतिनिधसभा विघटनको सिफारिस गरेको हो।

ट्वीट गर्दै शर्माले राष्ट्रपति र प्रधानमन्त्रीलाई मध्यावधिको रंगीन सपना महंगोपर्ने बताएका हुन्। महाभारतको संक्षिप्त सार भनेकै अहंकारको विनाश भएको उल्लेख गर्दै शर्माले सांकेतिक रुपमा ओलीको अहंकार पनि अन्त्य हुने बताए। साथै, उनले संविधानको सामुहिक बलात्कारको दुष्परिणाम महंगो पर्ने समेत बताएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ