प्रधानमन्त्री केपी शर्मा ओलीले गत ०७७ पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले पुनर्स्थापित गरेपनि फेरि भंग भएको छ ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग हुन पुगेको हो । मध्येरातमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद भंग गर्न र मध्यावधि चुनाव गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको छ । प्रतिनिधिसभाको निर्वाचनका लागि काार्तिक २६ र मंसिर ३ गतेको मिति तोकेर सिफारिस गरेको हो ।
राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्यो । बैठक राति १ बजे सकिएको छ । राष्ट्रपतिले मध्येराति झण्डै १२ बज्न लाग्दा दुवै जना नयाँ प्रधानमन्त्री बन्ने आधार नभएको भन्दै विज्ञप्ति जारी गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको यो दोस्रो पटक हो । यसअघि गत पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गर्दै चुनावको मिति तोकेका थिए । तर फागुन ११ गते सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै प्रतिनिधिसभा पुन:स्थापना गरिदिएको थियो ।
सरकार गठनका लागि गरिएका दुवै दाबी राष्ट्रपतिद्वारा खारेज [विज्ञप्तिसहित]
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने