विस्थापित गर्नोस्, बाटो खोलिदिएको छु, वैकल्पिक सरकार बने रचनात्मक सहयोग गर्छौं : प्रधानमन्त्री

विस्थापित गर्नोस्, बाटो खोलिदिएको छु, वैकल्पिक सरकार बने रचनात्मक सहयोग गर्छौं : प्रधानमन्त्री

kp-sharma-oli

काठमाण्डौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै विपक्षीहरुलाई वैकल्पिक सरकार बनाउन अन्यथा वैकल्पिक सरकार दिन नसकेको खण्डमा राष्ट्रिय सहमतिको सरकार बनाएर आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

ओलीले दलहरुलाई वैकल्पिक सरकार बनाउन आफूले मार्ग प्रशस्त गर्दागर्दै पनि दलहरुले वैकल्पिक सरकार दिन नसकेको र सरकारलाई पनि काम पनि गर्न नदिएको आरोप लगाएका छन्।

ओलीले अगाडी भने – “अहिले पनि भनेको छु विपक्षीहरु एकजुट भएर अहिलेको सरकारलाई विस्थापित गर्नोस्,  बाटो खोलिदिएको छु, वैकल्पिक सरकार बने हामी पनि रचनात्मक सहयोग गर्छौं, यदी सक्नुहुन्न भने आउनुहोस् मलाई सहयोग गर्नुस्, महामारीमा हामी सबै मिलेर कोभिड विरुद्ध लडौं र देशलाई विकासको बाटोमा लैजाऔं।’”

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ