कांग्रेसले बोलायो सर्वदलिय वैठक, देउवाको निवासमा प्रचण्ड र यादवको सहभागिता

कांग्रेसले बोलायो सर्वदलिय वैठक, देउवाको निवासमा प्रचण्ड र यादवको सहभागिता

Sher Bahadur Deuba Photo: Dinesh Gole/Nagarik/Republica

काठमाण्डौ – नेपाली कांग्रेसले विपक्षी गठबन्धनको सर्वदलीय बैठक बाेलाएकाे छ । विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेपाली कांग्रेसले सर्वदलीय बैठक बाेलाएकाे हाे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुठानीलकण्ठ पुगेका छन् । कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भए लगत्तै उनी देउवा निवास पुगेका हुन् ।

बदलिँदो राजनीतिक परिस्थितिमा कसरी अगाडी बढ्ने ? भन्ने विषयमा देउवाले विपक्षी दलका नेताहरुसँग छलफल शुरू गरेका छन् । अहिले देउवा–प्रचण्डबीच छलफल भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यस्तै, देउवाले जसपाका नेताहरु र माधवकुमार नेपालसँग छलफल गर्ने तयारी गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ