कोरोना संक्रमण बढेसँगै दुई महिना पर धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा पनि अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याइएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितिबारे आङ्कलन गरिरहेको जनाएको छ । महामारीकै कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० र १२ कक्षाको परीक्षा स्थगन भएका छन् । यी परीक्षा निर्धारण नभएसम्म पनि नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न असुविधा हुने देखिएको छ ।
मन्त्रालयल एसईई र कक्षा १२ को परीक्षाबारे निर्णय गर्न गठन गरिएको कार्यदलको प्रतिवेदनको प्रतिक्षामा छ ।राजपत्रमा प्रकाशित शिक्षा नियामावली अनुसार विद्यालयहरूले असार १ गतेदेखि नै नयाँ शैक्षिकसत्र शुरु गर्नुपर्ने हुन्छ । तर कोरोनाको दोस्रो लहर सुरु भएसँगै सो कुरा व्यवहारमा लागु गर्न समस्या देखिएको हो ।
यसको व्यवहारिकता हेरेर पाठ्यक्रममा थप समायोजना गरी नयाँ भर्नाको नयाँ मिति तय गर्नुपर्ने देखिएको छ । विगतका वर्षमा चैतमा वार्षिक परीक्षा समाप्त भई वैशाखमा नयाँ भर्ना हुँदै आएको थियो । गत वर्ष शुरु भएको कोरोना महामारीले शैक्षिक क्यालेण्डर भताभुङ्ग पारेको छ ।
शहरका ठुला भनिएका निजी विद्यालयले भने शुल्क उठाउन आफूखुशी नयाँ भर्ना शुरु गर्ने तयारी गरेका छन् ।हाल कक्षा १ देखि १२ सम्म सामुदायिक विद्यालयमा ५० लाख २८ हजार ८३ र संस्थागत विद्यालयमा १९ लाख ९३ हजार ५३९ गरी ७० लाख २१ हजार ६२२ विद्यार्थी छन् ।
काठमाडौं र पोखरा महानगरपालिकाले अनलाइन, अफलाइन तथा अन्य विकल्पको प्रयोग गरी जेठभित्र सबै वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्न निर्देशन दिएका छन् । कक्षा ८ को भने बार्षिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिने भएको छ ।
असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्न केही स्थानीय तह तयार भए पनि समग्र शैक्षिक सत्र सुरु गर्न भने अन्योल देखिएको हो ।
सम्बन्धित खबर
प्रतिभाका विद्यार्थीबीच ‘सीमसार बहस’
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा पाठकले पदभार ग्रहण गरे
कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : शिक्षामन्त्री भट्टराई
प्याब्सन दिवसमा शान्ति निकेतनकी अदितिसँगै १७ जना सम्मानित
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो