नेपालद्वारा सबै प्रकारका भिसा सेवा स्थगित

नेपालद्वारा सबै प्रकारका भिसा सेवा स्थगित

airport plane kathmandu

काठमाडौं । कोरोनाभाइरसको नयाँ प्रजातिको संक्रमणमा वृद्धि भएको उल्लेख गर्दै अध्यागमन विभागले  सबै प्रकारको भिसा सेवा बन्द भएको जनाएको छ ।

विहिबार विज्ञप्ती जारी गर्दै अध्यागमन कार्यालयले अर्को सूचना जारी नभएसम्म केही सर्तसहित भिसा सेवा तत्काललाई स्थगित भएको जानकारी गराएको हो ।

तर, लकडाउनको कारण नेपालमा अलपत्र परेका विदेशी, कारागारबाट सुपुर्दगी गर्नुपर्ने र देश निकाला गर्नुपर्ने, पासपोर्ट प्रक्रियाले रोकिएका र अन्य अत्यावश्यकीय कामले रोकिएकालाई भने भिसामा सहजीकरण गरिने जनाइएको छ । भिसा भएर पनि जान नपाएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सहजीकरण गर्ने जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ