नेकपा एमाले स्वास्थ्य विभाग प्रमुखले ३ जना मन्त्रीहरुलाई भेटेर काेराेना संक्रमण राेगकाे उपचार र नियन्त्रण सम्बन्धमा सुझावहरु दिएकाे छ ।
पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका स्वास्थ्य विभाग प्रमुख खगराज अधिकारीकाे नेतृत्वमा मन्त्रीहरुलाई भेटेकाे टाेलीले बुँदागत रुपमा १३ वटा सुझाव दिएकाे हाे । काेराेना नियन्त्रण तथा उपचारमा मुख्य भूमिका रहेका तीन मन्त्री इश्वर पाेखरेल, प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयष त्रिपाठीलाई भेटेर सुझाव दिइएकाे छ ।
१३ बँदे सुझाव निम्न छन्–
१) स्वास्थ मन्त्रालयले १० देखी १५ वटाअपरेटरहरू राखी वेड, औषधी, अक्सिजन लगायतका सूचना पाउने र टोल फ्री लाइन व्यस्त नबनाउने
२) वेड, आइसीयू, भेन्टिलेटरको सूचना अनलाइनमा अद्यावधिक गर्ने
३) जनस्वास्थ विपद घोषणा गर्ने, देशी विदेशी सहयोगको लागि अपील गर्ने
४) काठमाण्डौंमा एउटा र मोफसलमा एउटा लिक्विड अक्सिजन उद्योग खोल्ने र पहल गर्ने
५) अक्सिजनको खरीद, वितरण र प्रयोग प्रभावकारी बनाउने, प्लान्ट राख्न नसकिने ठाँउमा कन्सनट्रेटर पठाउने
६) औषधी र मेडिकल सामाग्रीको वितरण माग अनुसार गर्ने
७) औषधी र कच्चा पदार्थकोआयात अनुमति मागेका कम्पनीलाई सहज तरिकाले अनुमति दिने
८) वीर अस्पताललाइ एकीकृत कमान्ड अस्पतालका रूपमा सञ्चालन गर्ने
९) ऊच्चतहको अध्यनको तयारी गरेका चिकित्सक र स्वास्थ कर्मीहरूलाई काममा लगाउन प्रोत्साहन दिने
१०) सही सूचना प्रवाह गर्न मिडिया काउन्सिललाई आफ्ना सदस्यहरूलाई सचेत पार्न आदेश दिने
११) प्रोजेक्सन गरी साप्ताहिक योजना लागू गर्ने
१२) खोपका लागि विश्वव्यापी पहल गर्ने
१३) ‘कन्ट्याक्ट ट्रेसिङ’ का लागि नेपाल टेलीकम र एनसेललाइ प्रयोग गर्ने
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो