कोरोना खोप नयाँ भेरियन्टलाई पनि प्रभावकारी हुने

कोरोना खोप नयाँ भेरियन्टलाई पनि प्रभावकारी हुने

covid vaccine

स्वास्थ्य मन्त्रालयले नयाँ प्रजातिको भाइरसलाई पनि खोप प्रभावकारी भएको बताएको छ।

स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले खोप लगााएका व्यक्तिमा नयाँ प्रजातिको संक्रमण हुँदा सिकिस्त हुने दर खोप नलगाउने व्यक्तिको तुलनामा कम हुने बताए।

नयाँ प्रजातिको भाइरस एकअर्कामा सर्ने दर उच्च रहेकाले सकभर घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। साथै यस प्रकृतिका संक्रमण भएका व्यक्तिमा संक्रमणको जोखिम बढि हुने र संक्रमण भइरहेको छ भने जटिलता पनि अलि बढी हुने पाइएको प्रवक्ता गौतमले बताए।

डा।गौतमका अनुसार नयाँ भेरियन्टबाट पनि बच्ने उपाय भनेको दुरी कायम गरेर बस्ने, तीन लेयरको मास्क लगााउने, भीडभाडबाट टाढा रहने, खोक्दा र हाछिँउ गर्दा मुख छोप्ने र बेलाबेलामा हात सफा गर्ने हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds