महंगो रेम्डेसिभिर नेपालमै उत्पादन हुने

महंगो रेम्डेसिभिर नेपालमै उत्पादन हुने

remdesivir

कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो ।

विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको जानकारी दिए । औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको जनाइएको छ ।

यसअघि नेपालमा सो औषधि भारत र बङ्गलादेशबाट ल्याउने गरिएको थियो । औषधिको मूल्य करीब रु पाँच हजार पर्छ । नेशनल हेल्थ केयरका उपाध्यक्ष अजय पाण्डेले अनुमति पाइसकेपछि चीनबाट कच्चा पदार्थ ल्याउने तयारी गरिएको जानकारी दिए । यही जेठ १७ गतेसम्म औषधिका लागि कच्चा पदार्थ ल्याइने र १५ दिनपछि उत्पादन गरेर बजारमा पु¥याइने बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds