नेपाल प्रहरीका कर्तव्यनिष्ठ अधिकारीको निधन भएको छ । राष्ट्र र जनताको सेवामा अग्रपंक्तिमा खटिने क्रममा कोरोना संक्रमण हुन पुगेका प्रहरी नायव उपरीक्षक डीएसपी राजकुमार केसीको निधन भएको हो ।
केसीको विहीबार बिहान नेपाल प्रहरी अस्पताल, महाराजगन्जमा निधन भएको हो । कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई २ हप्ता अगाडि अस्पतालमा भर्ना गरिएको थियो । डीएसपी केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।
उनको स्थायी घर कागेश्वरी मनोहरा नगरपालिका मूलपानी हो । उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् । परिसर सरुवा हुनुअघि २०७७ वैशाख २१ गतेसम्म डिएसपी केसी जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत थिए ।
एसपी दानबहादुर कार्कीको कार्यकाल सफल बनाउन डिएसपी केसीको ठूलो भूमिका थियो । केसी कास्की प्रहरीमा सेकेण्डम्यान रहँदा जिम्मेवारीपूर्ण ढंगले प्रवक्ताको जिम्मा पूरा गरे । त्यसअघिका प्रवक्ता डिएसपी रविन्द्र गुरुङको फोन नै उठ्दैन भन्ने व्यापक गुनासो यहाँका सञ्चारकर्मीको रहँदा केसी काममा हुँदा नउठेको खण्डमा आफै कल ब्याक गरी आवश्यक सूचना प्रवाह गर्थे ।
प्रवक्ताको जिम्मेवारीमा मात्र होइन उनी फिल्डमा पनि सधैं खटिरहेका हुन्थे । ‘डिएसपी साबको काँधमा फुली नहेर्ने हो भने उहाँ प्रहरी अफिसर हो कि हैन भन्ने नै थाहा हुन्न । यति सिम्पल र नम्र हुनुहुन्छ कि ?‘ त्यसबेला जुनियर प्रहरी र सेवा लिन पुगेका आम नागरिक प्रायः ले यसै भन्ने गर्थे ।
कास्कीबाट काठमाण्डौ सरुवा भएपछि सुरुमा उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रवक्ताकै जिम्मेवारी सम्हाले । ०७७ साउन अन्तिमसाता मात्रै एसपी सोमेन्द्रसिंह राठौरलाई उक्त जिम्मेवारी दिइएको थियो ।
कोरोना विरुद्धको लडाईंमा फ्रण्टलाइनमा रहेर नेतृत्वदायी भुमिकामा रहेका गृह मन्त्रालय मातहतका प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीसम्म संक्रमणको शिकार भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत अर्का डिएसपी नरेन्द्र चन्द पनि कोरोना पोजेटिभ भएपछि आइसोलेसनमा छन् ।
वैशाख ८ मा कोरोना पोजेटिभ देखिएका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख (एआईजी) हरिबहादुर पालले कोरोनालाई जितिसकेका छन् । उनले पनि कास्कीको नेतृत्व सम्हालेका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते