गण्‍डकीमा मन्त्रीहरूको शपथमा सभामुख र विपक्षी दलका नेता गएनन्

गण्‍डकीमा मन्त्रीहरूको शपथमा सभामुख र विपक्षी दलका नेता गएनन्

gandaki-new-ministers

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथमा सभामुख र विपक्षी दलका नेता अनुपस्थित भएका छन् । परम्परा विपरित सभामुख नेत्रनाथ अधिकारी र विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली अनुपस्थित बनेका हुन् । सभामुख माओवादी कोटाबाट बनेका कारण पनि उनी अनुपस्थित भएको बुझ्न सकिन्छ ।

यसअघि पहिलो सरकारका बेला मन्त्री बनेका दिपक मनाङेको शपथमा पनि उनी सहभागी थिएनन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुँदा भने उनी शपथमा पुगेका थिए ।

सभामुख अधिकारीलाई सत्तारुढ एमाले सांसदहरूले पार्टी कार्यकर्ताको भूमिकामा बसेर काम गरेको आरोप लगाउँदै आएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ