पोखरा । कास्कीका १७६ सहित गण्डकीमा थप ६८८ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६९७ जनामा गरिएको नमुना परीक्षणमा थप ६८८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आज पुष्टि भएका संक्रमित प्रदेशका सबै ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १७६ जना, तनहुँका ५६ जना, गोरखाका १२९ जना, लमजुङका ७ जना, नवलपुरका १२८ जना र स्याङ्गजाका ९ जना छन् ।
यस्तै पर्वतका २२ जना, बाग्लुङका ७० जना, म्याग्दीका ६८ जना र मुस्ताङका १० जना र मनाङ जिल्लाका १३ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३० हजार ६८८ पुगेको छ। जसमा ९ हजार २७१ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५६७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २० हजार ९६५ पुगेको छ।
बुधबार गण्डकीमा एकैदिन ३० जनाको मृत्यु पुष्टि भएको छ । एकैदिन मृत्यु पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।
आज मृत्यु पुष्टि हुनेमा कास्की सहित पोखरामा विभिन्न अस्पतालमा उपचाररत ८ जना, तनहुँका ५ जना, स्याङ्गजाका ७ जना, नवलपुरका २ जना, गोरखाका ३ जना र म्याग्दी जिल्लाका ५ जना छन्।
योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५२ पुगेको निर्देशनालयले जनाएको छ।




सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो