दाउन्नेको भिरबाट बस खस्यो, ४ को मृत्यु, ४९ जना घाइते

दाउन्नेको भिरबाट बस खस्यो, ४ को मृत्यु, ४९ जना घाइते

bus-accident

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४९ जना घाइते भएका छन् ।बस सडकबाट करिब १५० मिटर तल खसेको छ ।

काठमाडौंबाट रुकुम पश्चिम आउँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको खुर्सानी खोलामा बुधबार बिहान दुर्घटना भएको हो । डिएसपी राजु लामाका अनुसार मृतकहरुमध्ये रुकुम पश्चिमका ३६ वर्षीय धनराज घर्ती र २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ । बसमा सवार पाँच जना सकुशल रहेका छन्।

घाइतेमध्ये ३५ जनाको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । सामान्य घाइते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ