पोखरा । कोरोना संक्रमणका कारण गण्डकीमा मंगलबार पनि थप १५ जनाको मृत्यु पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा उपचाररत नौ जना सहित थप १५ जनाको मृत्यु पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका -१४ निवासी ७२ वर्षीय वृद्ध, पोखरा -१३ निवासी ४६ वर्षीय पुरुष, मुस्ताङ जिल्ला थासाङ गाउँपालिका -४ निवासी ८५ वर्षीय वृद्ध, मुस्ताङ जिल्ला घरपोङ गाउँपालिका -३ निवासी ५५ वर्षीय पुरुष, नवलपुर जिल्ला विनयत्रिबेणी गाउँपालिका -२ निवासी ४४ वर्षीय पुरुष, नवलपुर जिल्ला कावासोती नगरपालिका -११ निवासी ४२ वर्षीय पुरुष, बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिका -७ निवासी ५४ वर्षीय पुरुष, बाग्लुङ जिल्ला ताराखोला गाउँपालिका -१ निवासी २९ वर्षीय युवक, बाग्लुङ गलकोट नगरपालिका -१ निवासी ७८ वर्षीय वृद्ध र बाग्लुङ जिल्ला काठेखोला गाउँपालिका -८ निवासी ७९ वर्षीय वृद्ध रहेका छन् ।
यस्तै, तनहुँ जिल्ला ब्यास नगरपालिका -३ निवासी ७० वर्षीय वृद्ध, तनहुँ जिल्ला देवघाट गाउँपालिका -५ निवासी ६८ वर्षीया महिला, पर्वत जिल्ला जलजला गाउँपालिका -४ निवासी २८ वर्षीय युवक, स्याङ्गजा जिल्ला वालिङ नगरपालिका -९ निवासी ७२ वर्षीया महिला र गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका -७ घर भइ हाल पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत ३६ वर्षीय पुरुष छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४२२ पुगेको छ।
नेपालमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिनु अगाडी चैत्र मध्येसम्म गण्डकीमा यो संख्या २०९ मात्र थियो ।



सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो