गण्डकीमा संक्रमितको संख्या ३० हजार पुग्यो, थप ९५९ जनामा संक्रमण, ४२९ कोरोनामुक्त

गण्डकीमा संक्रमितको संख्या ३० हजार पुग्यो, थप ९५९ जनामा संक्रमण, ४२९ कोरोनामुक्त

Gandaki-Map copy

पोखरा ।  मंगलबार कास्कीका ४१७ सहित गण्डकीमा थप ९५९ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६३५ जनामा गरिएको नमुना परीक्षणमा एकैदिन थप ९५९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि भएका जिल्लामा कास्कीका ४१७ जना, तनहुँका ११२ जना, गोरखाका ३५ जना, लमजुङका ८ जना र नवलपुरका ७६ जना छन् ।

यस्तै, स्याङ्गजाका ८६ जना, पर्वतका ७४ जना, बाग्लुङका १२३ जना, म्याग्दीका २७ जना र मुस्ताङ जिल्लाका एक जनामा कोरोना पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३० हजार पुगेको छ।

गत २४ घण्टामा गण्डकीबाट ४२९ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २० हजार ३९८ पुगेको छ।

अहिले प्रदेशमा ९ हजार १८० सक्रिय संक्रमित छन् , उनीहरु मध्ये ८ हजार ९०९ जना होम आइसोलेसनमा बसेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds