हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्नेलाई हुनसक्छ स्ट्रोक र मुटु रोग : डब्ल्यूएचओ अध्ययन

हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्नेलाई हुनसक्छ स्ट्रोक र मुटु रोग : डब्ल्यूएचओ अध्ययन

work

एक अध्ययनले लामो समय काम गर्ने सयौँ हजार मानिसको प्रतिवर्ष मृत्यु भइरहेको देखाएको छ । विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार सन् २०१६ मा सात लाख ४५ हजार यस्ता मानिसको मृत्यु भएको हो ।

लामो समय काम गर्दा स्ट्रोक र मुटुरोगका कारण मानिसहरुको मृत्यु हुने गरेको दाबी गरिएको छ । रिपोर्टअनुसार दक्षिण पूर्वी एसिया र पश्चिम प्रशान्त क्षेत्रका मानिसहरुमा बढी यस्तो समस्या देखिएको छ । कोरोना महामारीले अवस्था झन् भयावह हुने देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

एक हप्तामा ५५ घण्टा वा त्योभन्दा धेरै काम गर्नेहरुमा स्ट्रोक हुने उच्च जोखिम ३५ प्रतिशत रहने र मुटुरोगको उच्च जोखिम १७ प्रतिशत हुने अनुसन्धानले देखाएको हो । तर ३५ देखि ४० घण्टा काम गर्नेमा यस्तो कमै पाइएको बताइएको छ ।

यो अध्ययन अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँग मिलेर गरिएको अध्ययनले लामो समय काम गर्ने क्रममा मृत्यु भएकामध्ये तीन भागजतिको उमेर मध्यमदेखि वृद्ध अवस्थाको रहेको देखाएको छ ।

प्रायः मृत्यु भने जीवनको उत्तरार्धतिर अर्थात् लामो समय काम गरेको दशकौँ पछि भएको पाइएको छ । बीबीसीबाट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds