पोखरा । सोमबार कास्कीका ४०८ सहित गण्डकीमा थप ८५९ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६७७ जनाको नमुना परीक्षण गरिएकोमा थप ८५९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४०८ जना, तनहुँका २३ जना, मनाङका पाँच जना, लमजुङका ७९ जना, र नवलपुरका १४२ जना छन् ।
यस्तै, स्याङ्गजाका ३५ जना, पर्वतका २१ जना, बाग्लुङका ६२ जना र म्याग्दी जिल्लाका ८४ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।
आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ४१ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीबाट २०३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ९६८ पुगेको छ।
पछिल्लो २४ घण्टामा गण्डकीमा थप २४ जना संक्रमितको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका नौ जना, म्याग्दीका एक जना, पर्वतका तीन जना, गोरखाका एक जना, लमजुङका एक जना, तनहुँका दुई जना, बाग्लुङका एक जना, स्याङ्गजाका पाँच जना र नवलपुरका एक जना छन् ।
योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४०७ पुगेको निर्देशनालयले जानेको छ।




सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो