कोरोना लागेपछि मूर्खको सल्लाह मानेर मट्टितेल पिउँदा युवकको मृत्यु

कोरोना लागेपछि मूर्खको सल्लाह मानेर मट्टितेल पिउँदा युवकको मृत्यु

Mattitel

कोरोनाभाइरसका विषयमा सामाजिक सञ्जालमा अनेकथरी हल्ला फैलिरहेका हुन्छन् ।

ती हल्लालाई पत्याउने गौप्राणीहरू पनि समाजमा छन् । भारतको भोपालमा यस्तै एक सोझा युवक कोरोना लागेपछि सामाजिक सञ्जालमा आफ्नो परिचित मानिसको मूर्ख सल्लाहका कारण ज्यान गुमाउन पुगेका छन् ।

अशोका गार्डनमा बस्ने ती ३० वर्षीय युवकलाई ज्वरो आएपछि कोरोना लाग्यो भन्ठाने । अनि उनले चिनेजानेको एक मानिससँग सल्लाह लिएर मट्टितेल पिए । त्यसो गरेको चार दिनपछि उनको मृत्यु भयो । मृतक युवकको कोरोना रिपोर्ट नेगेटिभ आइसकेका कारण मट्टितेल नपिएको भए उनी बच्न सक्ने स्थानिय बताउँछन् ।

जुन महिनामा विवाहको पहिलो वर्षगाँठ मनाउन लागेका युवकको अकालमा ज्यान गयो । मट्टितेल पिएपछि अस्पताल भर्ना गरिएका युवकको त्यहीँ नै मृत्यु भएको हो ।

चिकित्सकहरूका अनुसार, शुरूमै सही औषधि परेको भए युवकको ज्यान जोगिन सक्थ्यो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds