काठमाडौं– नेकपा एमालेले आज २८ औं मदन–आश्रित दिवस मनाउँदै छ। स्मृति दिवसको अवसर पारेर एमाले नेताहरु पुरानो पार्टी मुख्यालय मदननगर(बल्खु) पुगेका छन्। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बल्खुमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन्।
त्यसपछि महासचिव ईश्वर पोखरेलले मदनप्रति श्रद्धान्जली अर्पण गरे । पोखरेलपछि हालै माओवादी केन्द्र छाडेर एमाले गएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि मदनप्रति श्रद्धान्जली अर्पण गरे ।
कार्यालय सचिव तामाङका अनुसार उनले माधव नेपालसहितका सबै नेताहरुलाई श्रद्धान्जली अर्पण गर्ने कार्यक्रमका लागि एसएमएसमार्फत खबर गरेका थिए । तर, नेपाल भने बल्खु गएनन् । तर, उनी पक्षीय नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाल बल्खु पुगेका थिए ।
कार्यक्रममा वामदेव गौतम लगायतका नेता सहभागी थिए।यसअघिका वर्षहरुमा स्मृति दिवमा बल्खुमा एमाले नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति हुने गरेको थियो भने एमालेले विषेश कार्यक्रम गर्ने गरेको थियो।
कोभिड महामारी र निषेधाज्ञाका कारण शीर्ष नेताहरुमात्र उपस्थित भएर श्रद्धान्जली दिइएकाले कसैले पनि भाषण नगरेको एमाले केन्द्रीय कार्यलय सचिव शेरवहादुर तामाङले बताए । भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने